सहिद स्मारक लिग ‘बी’ डिभिजनमा बाँसबारीले बुधबार आरसीटीमाथि प्रभावशाली ४–२ को जित निकालेको छ । प्रतियोगितामा बाँसबारीको यो पहिलो जित हो र उसको तीन अंक भएको छ । आरसीटीको भने यो लगातार दोस्रो हार हो र टिम शून्य अंकमै रह्यो । बाँसबारीका लागि विकी राईले दुई गोल गरे । यस्तै सरोज दर्लामी र संगमचन्द्र ठकुरीले एक/एक गोल गरे ।
आरसीटीका तर्फबाट मंजिल खड्का र सुदीप लामाले एक/एक गोल फर्काए । बुधबारको अर्को खेलमा श्री टुसाल र ब्वाइज युनियनले गोलरहित बराबरी खेले । दुवै टिमको यो लगातार दोस्रो बराबरी हो र उनीहरू दुई/दुई अंकमा रहे ।
प्रतिक्रिया