इ–रिक्साको ठक्करबाट मृत्यु

इ–रिक्साको ठक्करबाट मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

चितवन, ९ पुस । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार दिउँसो इ–रिक्साको ठक्करबाट घाइते भएका एक वृद्धको गए राति मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका–१ भक्तिनी बगैँचा नजिक ना १ ह ५१८५ नंको इ–रिक्साले खैरहनी नगरपालिका–१ ज्यामिरेका ६५ वर्षीय हिरालाल विकलाई ठक्कर दिएको थियो ।

घाइते विकको उपचारका क्रममा गए राति १२ बजे कलेज अफ मेडिकल साइसेन्स भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । इ–रिक्सा र चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ । रासस