इरानी हमलामा ३४ अमेरिकी सेनाको टाउकोमा चोट लाग्यो

इरानी हमलामा ३४ अमेरिकी सेनाको टाउकोमा चोट लाग्यो


वासिङटन – इराकी बेसमा इरानले गरेको आक्रमणमा ३४ अमेरिकी सैनिककोे टाउकोमा चोट लागेको पत्ता लागेको पेन्टागनले जनाएको छ । एक प्रवक्ताका अनुसार १७ जवानलाई स्वास्थ्य निगरानीमा राखिएको छ ।

जनवरी ८ मा भएको इरानी हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त हमलामा कसैलाई पनि चोट नलागेको बताएका थिए ।

इरानले आफ्ना कमाण्डर जनरल कासिम सुलेमानी अमेरिकी ड्रोन हमलामा मारिएपछि यो बदलाको कारबाही गरेको थियो । ट्रम्पका अनुसार उक्त हमलामा कुनै नोक्सानी नभएकाले इरानमाथि ुकनै जवाफी कारबाही नगरिएको होे ।

यसैै साता डाभोसमा भएको वल्र्ड इकोनोमिक फोरममा यस विषयसँग सम्बन्धि प्रश्न सोधिएकोमा उनले भने, ‘मैले सुनेको छु कि उनीहलाई टाउकोमा चोट लागेको र अन्य प्रकारका समस्या देखिएका छन् । तर म भन्छु योे बहुत गंभीर कुरा होइन ।’

टीबीआईको बारेमा सोधिएको प्रश्नमा उनले भने,‘म मान्दिन कि यो गंभीर चोट थियो, जुन मैले देखेको थिए ।’

पेन्टागनले भनेको छ,‘अल–असद बेसमा भएको इरानी मिसाइल हमलामा कुनै अमेरिकीको मृत्यू भएको थिएन । किनकि मिसाइल हमलाको समयमा सबैैजसो मानिस बंकरमा थिए ।’

शुक्रबार रक्षा विभागका प्रवक्ता जोनाथन हाफम्यायलने पत्रकारसँग भने,‘हमलामा प्रभावित ८ जवानको उपचारका लागि अमेरिका ल्याइएइको छ । बाँकि ९ को उपचार जर्मनीमा भइरहेको छ ।’

अधिकारीका अनुसार १७ जवान ड्यूटीमा फर्किएका छन् । जस मध्ये १६ को उपचार इराकमा र १ को कुवेतमा भएको थियो ।
हाफम्यानले भने, ‘अमेरिकी रक्षा मन्त्री मार्क एस्परलाई हमलको तत्कालै घाइतेको बारेमा जानकारी भएको थिएन ।’