एकैदिन करिब एक सयले सगरमाथाको शिखर चुमे, कामिरीताको नयाँ विश्व कीर्तिमान 

एकैदिन करिब एक सयले सगरमाथाको शिखर चुमे, कामिरीताको नयाँ विश्व कीर्तिमान 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्लेरी–सगरमाथा आरोहणको आज चौथो दिन एकैपटक करिब एक सयजनाले शिखरको चुचुरोमा पाइला टेकेका छन् ।

विभिन्न आरोहणदलबाट गएकाले फरक फरक समयमा भएपनि एकैदिन ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्र्पक अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

आरोहणको तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनैपनि आरोहण नभएपनि चौथो दिन आज मौसममा सुधार आएसँगै आरोहण सफल भएको सम्र्पक अधिकृत श्रेष्ठको भनाइ छ ।

गएको वैशाख ३० गतेदेखि आरोहण शुरु भएको थियो । पहिलो दिन बाटो निर्माण गर्दै गएका आठजना शेर्पा गाइडले एकैपटक शिखर चुमेका थिए । यस्तै दोस्रो दिन विभिन्न समूहबाट गएका ३९ जना आरोही शिखरमा पुगेका थिए ।” सम्र्पक अधिकृत श्रेष्ठले भने , “तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनै आरोहण भएन तर, चौथो दिन भने ९४ जनाले आरोहण गर्न सफल भएका छन् ।”

कामिरीताको नयाँ विश्व कीर्तिमान 

आरोही कामिरीता शेर्पाले सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गर्नुभएको छ । शेर्पाले यो सिजनसहित २२ पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर नयाँ विश्व कीर्तिमान कायम राख्न सफल भएको सम्र्पक अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । कामिरीताले यसअघि २१ पटक सगरमाथाको शिखरमा पुगेका आप्पा शेर्पाको विश्व कीर्तिमान तोड्नुभएको हो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा जन्मेका ४८ वर्षीय कामिरीताले सन् १९९२ देखि सगरमाथा आरोहण शुरु गरेका हुन्।रासस