एजेन्सी – भारत र पाकिस्तान बीचको सीमाना क्षेत्र, कास्मिरको लाइन अफ कन्ट्रोलमा गोलाबारी हुदाँ दुई पाकिस्तानी सेनाको मृत्यु भएको छ ।
पछिल्लो ३६ घण्टामा भारत र पाकिस्तान बीच गोलाबारी हुँदा बिहीबार दुई पाकिस्तानी सेना र तीन भारतीय सेनाको मृत्यु भएको पाकिस्तानी सेना प्रवक्ता मेजर जेनरल मसिफ गफुरले जानकारी दिए ।
उनले आफ्नो ट्वीटरमार्फत् जानकारी दिएका हुन् । तर भारतले आफ्ना सेनाको मृत्युबारे दाबी भने गरेको छैन ।
पाकिस्तानी सेनाले भारतीय पोष्ट भत्काएको समेत जानकारी दिएको छ । गोलाबारीमा पाकिस्तानी सेनाका नायब सुवेदार कन्डेरो र सिपाही मोहम्मद इसनको मृत्यु भएको हो ।
यसअघि भारतले कास्मिरमा मिसाइल लञ्चर राखेको आरोप लगाउँदै पाकिस्तानले संयुक्त राष्ट्रसंघ पत्र पठाइसकेको थियो ।
भारतले कस्मिरको विषेशाधिकार खोसेसँगै पाकिस्तानसँग उसको तनाव चुलिएको छ । लाइन अफ कन्ट्रोलमा पटकपटक गोलाबारी हुने गरेको छ ।
प्रतिक्रिया