काठमाण्डु- अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गर्ने पहिलो नेपालीको कीर्तिमान बनाएका आरोही मिङ्मा जी. शेर्पा काठमाडौं ओर्लिएका छन् ।
उनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । अर्जेन्टिनामा रहेको अकोन्कागुवा हिमालको सफल आरोहण गरी शुक्रबार काठमाडौं आइपुगेका शेर्पालाई विमानस्थलमा स्वागत गरिएको हो ।
शेर्पाले सातवटै महादेशका सर्वोच्च शिखर आरोहण पनि गरेका छन् । पूरक अक्सिजन बिना नै विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरुरू आरोहण गरेर उनले नयाँ कीर्तिमान रचेका हुन् ।
प्रतिक्रिया