खाद्य संस्थानकाे जग्गामा निर्माण भइरहेकाे ट्रष्टकाे भवनमा महानगरकाे राेक

खाद्य संस्थानकाे जग्गामा निर्माण भइरहेकाे ट्रष्टकाे भवनमा महानगरकाे राेक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल खाद्य संस्थानको भद्रकालीस्थित जग्गामा निर्माण भइरहेको फलामे ट्रष्टको भवन वडा नम्बर ११ ले रोक्का गरेको छ।

वडाको जानकारी विना संरचना निर्माण शुरु भएको र महानगरलाई तिर्न बुझाउन बक्यौता नबुझाएकोले काम रोक्नु परेको वडाध्यक्ष हीरालाल तण्डुकारले जानकारी दिए।  संस्थानका अधिकारी वडामा आएर, आफू पनि सरकारी कार्यालय भएकोले कर मिनाहाको माग गरिरहेका छन् भने वडाले यो विषय आफ्नो क्षेत्राधिकारभित्र नरहेको बताउँदै आएको छ।

संस्थानले आफ्नो जग्गा निजी प्रयोगकर्तालाई भाडामा दिएको छ। अहिले निर्माण भइरहेको संरचनामा संस्थान आफैंको नभइ व्यापारिक क्षेत्रको लगानी छ । महानगरले निर्माण कार्य रोक्का गरेपछि थप काम हुन सकेको छैन । यस अघि सवारी चलाउन सिकाउने तालिम सञ्चालन भइरहेको यो क्षेत्र करीव ७ रोपनी क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रमा संस्थानको करीव ३२ रोपनी जग्गा छ ।

वडासचिव रामप्रसाद पौडेल  स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सरकारी कार्यालले भवन निर्माण गर्दा स्थानीय तहबाट अनिवार्य नक्सा स्वीकृत गर्नु पर्ने व्यवस्था रहेकाे बताउँछन् । यो व्यवस्थाले संस्थानलाई विना स्वीकृति भवन बनाउन छुट दिएको छैन ।

यसरी रोक्का भएको भवन निर्माण फुक्का गरिदिन आग्रह गर्दै वडा पुगेका संस्थानको प्रशाशन विभागका प्रमुख मोतीराज ज्ञवाली भन्दै थिए– संस्थानसँग जग्गा छ, तर जग्गाको कर तिर्ने आम्दानी छैन । अहिलेसम्म महानगरले देखाएको बक्यौता तिर्नु प¥यो भने जग्गा नै बेच्नुपर्छ । वडाका अनुसार संस्थानले महानगरलाई कर बक्यौतावापत् करीव ७ करोड रुपैयाँ बुझाउन बाँकी छ ।