चैतमा डायरी

चैतमा डायरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- टिजर सार्वजनिक भएसँगै चर्चामा आएको फिल्म ‘डायरी’ आउँदो चैत ११ मा रिलिज हुने भएको छ। टिजर सार्वजनिक गर्दा निर्माण युनिटले रिलिजको लक्ष्य चैत भने पनि मिति भने सार्वजनिक गरेको थिएन। ‘हामीले अन्य फिल्मको डेटसँग नजुधोस् भनेर मितिमा सल्लाह गरिरहेका थियौँ। चैत ११ लाई रिलिज मिति तोकेका छौँ,’ निर्देशक अनिल योञ्जनले बताए।

फिल्ममा छुल्ठिम गुरुङ, सन्नी सिंह र रेखा थापाले मुख्य भूमिकामा अभिनय गरेका छन्। छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण रहेको फिल्मलाई ‘आवरण’ फिल्म मार्फत् निर्माताको रुपमा फिल्ममा प्रवेश गरेका अनिल योन्जनले निर्देशन गरेका छन्। अभिनेत्री छुल्ठिम गुरुङ यसै फिल्म मार्फत् निर्मात्री बनेकी छिन। फिल्ममा रेखा भने भिलेनको रुपमा देखिएकी छिन।

कथा सुहाउँदो भएकोले नै भिलेन बनेकी हुन्। पछिल्लो समय राप्रपा नेपालमा प्रवेश गरेसंगै चर्चामा आएकी रेखालाई दर्शकले यस फिल्ममा पहिलो पटक भिलेन अवतारमा देख्न पाउने छन्। फिल्ममा विनोद पौडेल , दिनेश डिसी लगायतको पनि अभिनय रहनेछ । फिल्ममा कथा छेतेन गुरुङको रहेको छ । फिल्मलाई शिव राम श्रेष्ठले छायांकन गरेका हुन् भने प्रविन श्रेष्ठले सम्पदान गरेका छन्।

नागरिकबाट साभार