चुनावमा खराव परिणाम आएपछि माओवादीमा सवै केन्द्रिय नेता परे घटुवामा

चुनावमा खराव परिणाम आएपछि माओवादीमा सवै केन्द्रिय नेता परे घटुवामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ– नेकपा माओवादी केन्द्रले केन्द्रिय महाधिवेशन आयोजक समिति विघठन गर्ने निर्णय गरेको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिडाडामा सम्पन्न जिल्ला अध्यक्षसहितको केन्द्रिय सचिवालयको बैठकले दोहोरो अंक नबढ्ने गरी केन्द्रिय समिति बनाउने निर्णय गरेको हो ।  मोहन वैद्य नेतृत्वको पार्टीवाट वरिष्ट नेता रामबहादुर थापा वादल नेतृत्वको समुह एमाओवादी केन्द्रमा प्रवेश गरेपछि यसअघि माओवादीमा करिव ४५ सयको केन्द्रिय आयोजक समिती बनेको थियो ।

माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टकाअनुसार वैठकले सैद्धान्तिक रुपमा केन्द्रिय समिति सानो बनाउने निर्णय गरेपनि प्रदेशहरुको सहमतीपछि मात्र निर्णय लागु हुनेछ । “अहिलेलाई केन्द्रिय समितिको संख्या सानो बनाउने निर्णय भएको छ, प्रदेशको वैठकको सहमतीपछि केन्द्रिय कार्यालयले नै केन्द्रिय समितिको संख्या निर्धारण गर्छ । ” भट्टले काठमाण्डौपाटीसंग भने ।

माओवादीले प्रदेश र केन्द्रको चुनावको लागी घोषणापत्र तयार गर्ने जिम्मा वरिष्ट नेता नारायणकाजी श्रेष्ठलाई दिएको छ । समितीमा सातै प्रदेशका संयोजकलाई सदस्य तोकिएको छ । त्यसैगरी अर्का वरिष्ट नेता रामबहादुर थापाको संयोजकत्वमा उम्मेदवार छनौट समिती निर्माण गरिएको छ । समितीमा सवै प्रदेशका इन्चार्ज र वरिष्ट नेताहरु शक्ति वस्नेत र वर्षमान पुनलगायत सदस्य छन्  । माओवादी केन्द्रले छिट्टै राष्ट्रिय भेला गर्ने तयारी समेत गरेको छ ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालकाअनुसार करिव एक साता लामो चलेको केन्द्रीय सचिवालयको बैठकको निर्णय सार्वजनिक गर्न आइतबार अध्यक्ष प्रचण्डले पेरिशडाडामा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।