प्रतिक्षा

प्रतिक्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिक्षा एक परिक्षा रहेछ
मन थाक्दा, आंखा बल्दा
शरीर पनि सुक्दो रहेछ
दिनदिनै औँला भाँच्दा ।

सम्झना त्यसै बल्झिन्छ किन
छाति चस्केर चर्याउछ मुुटु
मन कसिएर छटपटाउछ किन
कहाँ बसुँ म कुन छितिजमा उडुँ ।

यो एउटा जीवनको परिभाषा रहेछ
यो साँच्चै तितो भोगाई हो
आँसु पिइ खडेरीमा बाँच्नेहरुको
यो जीवनको वास्तविकता हो ।

पश्चाताप नै ठूलो सजाएँ रहेछ
फुलेको सुन्दर फूलै झरेछ
सपनामा कलुषित धोकाको हात परेछ
साँच्चै जीवन त कोतारिएर आगो बनेछ ।

झुटो आस्वासन धेरै पाइयो
कृतिमताले सकुन्जेल सतायो
बाचा त बेइमानीहरुको विशेषता रहेछ
बनावटी व्यवहार आगोमै जलेछ ।

भो चाहिन्न अब खोक्रो आश्वासन
च्यात्तिदिन्छु अब त यो जिन्दगीको गलत जाल
पोखिदिन्छु अब त भरिएको मन
भोग्दिन अब त यो ढोँगी आदर्शको बेहाल ।

तोडीदिन्छु यी बाँधहरु अब त चाहिन्न
बगीदिन्छु भेल भै अब त रोकिन्न
पहराले छेकोस पहिरोले रोकोस
भेल बनेर उर्लिएर पनि
सँगसँगै जान्छु नदीसँगै ।