परराष्ट्रमन्त्रीसँग म्यानमारका राजदूतले गरे शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग म्यानमारका राजदूतले गरे शिष्टाचार भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि म्यानमारका राजदूत ल्विनले शिष्टाचार भेट गर्नुभएको छ ।  परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र म्यानमारबीचको सम्बन्ध तथा सहयोगका विषयमा छलफल भयो ।

 

सो अवसरमा परराष्ट्रमन्त्री महराले मित्रता, सहकार्य र समानतामा आधारित दुई देशबीचको सम्बन्ध शान्ति दूत गौतम र उहाँका  दर्शनले अझै प्रगाढ बनाएको बताउनुभयो ।

उहाँले हालै दुई देशबीच हवाई सम्बन्ध स्थापना भएको उल्लेख गर्दै नेपाल–म्यानमारबीचमा पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री महराले नेपाल र म्यानमारबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गरी आपसी चासो र हितका विषयलाई अझ विस्तार गरिने धारणा राख्नुभयो ।

सो अवसरमा राजदूत ल्विनले वर्षेनि २० हजारदेखि २५ हजारसम्म म्यानमारका पर्यटक नेपाल आउने गरेको जानकारी गराउँदै दुई देशबीच जनस्तरसम्म विस्तार भएको बताउनुभयो । उहाँले दुई देशबीच परामर्श संयन्त्रका लागि आवश्यक पर्ने सबै तयारी आफ्नो देशका तर्फबाट पूरा गर्न पहल गर्ने बताउनुभयो ।