प्रहरीको केन्द्रीय प्रवक्तामा कार्की

प्रहरीको केन्द्रीय प्रवक्तामा कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुष्कर कार्कीले जिम्मेवारी पाएका छन् । एसएसपी सर्वेन्द्र खनाल महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख भएपछि कार्कीलाई उक्त जिम्मेवारी दिइएको हो । खनाल र कार्की दुवै जना डिआइजी बढुवामा सिफारीस भएका छन् ।

खनाल एसएसपीबाट डीआईजीका लागि पहिलो नम्बरमा र कार्की तेस्रो नम्बरमा सिफारिस भएका छन् ।

उनिहरु दुवै जना भावी प्रहरी महानिरीक्षकको प्रवल दावेदार हुन । कार्की भर्खरै युएन मिसनवबाट नेपाल फर्केका प्रहरी अधिकृत हुन । तिष वर्षे सेवा अवधी कायम रहेकै खण्डमा खनाल,कार्की र एसएसपी रमेश खरेलमध्येवाट एक जना यो वर्षभित्रै नेपाल प्रहरीको प्रमुख वन्नेछन् ।