प्रधानमन्त्री देउवा राजीनामा दिने तयारीमा

प्रधानमन्त्री देउवा राजीनामा दिने तयारीमा


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते राजीनामा दिने भएका छन् । देउवा निकट स्रोतका अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको अन्तिम नतिजा राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको भोलिपल्ट राजीनामा दिने गरी निकटहरुसंग छलफल चलाएका हुन् ।

निर्वाचन आयोगले प्रकृया छोट्याएर फागुन ५ गते प्रतिनिधि सभासदस्यको समानुपातिक परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । कानुन मन्त्री यज्ञ बहादुर थापाले पनि चुनावी सरकार भएकाले चुनावको नतिजा आएपछि सरकारमा बसिरहन नमिल्ने बताए । ‘यो चुनावी सरकार हो, चुनावको नतिजा आएको भोलिपल्ट नै प्रधानमन्त्रीले राजिनामा दिनुहुन्छ’ मन्त्री यज्ञबहादुर थापाले बताए ।

त्यसअनुसार कुनै प्राविधिक गडबडी नभए देउवाको राजिनामा फागुन ६ गते आउने निश्चित भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचन सकिएपनि प्रधानमन्त्री देउवाले राजीनामा नदिएको भन्दै आलोचना भईृरहेको छ । देउवाको राजीनामा संगै केपी ओलीका लागि प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ ।