बलिउडका बोल्ड फिल्म

बलिउडका बोल्ड फिल्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बलिउडमा यो वर्ष धेरै सम्झन लायक घटनाहरु घटे । केही यस्ता घटनाहरु पनि घटे जसलाई कसैले पनि सम्झिन चाहेनन् । बलिउडमा यो वर्ष केही यस्ता बोल्ड फिल्महरु निर्माण भए जसले सबै रेकर्ड ब्रेक गरे ।

 

केही बोल्ड फिल्महरु आफ्नो एडल्ट कन्टेन्टका कारण दर्शकहरुलाई हलसम्म तान्न सफल भए । कुनै फिल्म भने बक्स अफिसमा नराम्रोसँग पिटिए । आउनुहोस् हेरौ बलिउड बोल्ड फिल्महरुबारे

 

१. फिल्म ‘वन नाइट स्टाण्ड’ सन्नी लियोनको सबैभन्दा बोल्ड फिल्ममध्येको एक फिल्म रह्यो । फिल्ममा भरपुर हट सिनहरु रहेका थिए । फिल्मको कथाबस्तु दुई मानिसले बिताएको एक रात बारेमा आधारित रहेको थियो जहाँ उनीहरुले सम्बन्ध बनाउँछन् र प्रेम कथा सुरु हुन्छ । यो फिल्म २२ अप्रिलमा रिलिज भएको थियो ।

 

२. एडल्ट कमेमी फिल्म मस्तीजादे सन्नी लियोनको अर्को बोल्ड एण्ड सेक्सी फिल्म रह्यो । यस फिल्मको ट्रेलरमा नै सन्नी लियोन एक सिनमा बिना कपडामा समेत देखिएकी थिइन् ।

 

३. बलिउड अभिनेत्री सन्नी लियोनकै अर्को फिल्म थियो बेइमान लव स्टोरी । यस फिल्ममा उनको अपोजिट थिए रजनीश दुग्गल । रजनीश र दुग्गलले यस अघि फिल्म ‘लिला’ मा सँगै काम गरिसकेका थिए । उक्त फिल्ममाभन्दा पनि यस फिल्ममा दुवैले बोल्ड सिन दिएका थिए । यो फिल्म अक्टोबरमा रिलिज भएको थियो ।

४. बलिउडको पहिलो थ्रिजम फिल्म ‘इश्क जुनुन–द हीट अन’ को ट्रेलर निकै बोल्ड रहेको थियो । फिल्मको कथामा एक युवती दुई युवाको प्रेममा रहेको देखाइन्छ ।

५. फिल्म ‘लव के फण्डे’ मा बोल्ड सिन धेरै भएपछि सेन्सर बोर्डले यस फिल्मलाई ‘ए’ सर्टिफिकेट दियो । फिल्ममा शालीन भनोट, रिशंक तिवारी, सुफी गुलाटी, रितिका गुलाटी, हर्षवर्धन जोशी, समिक्षा भटनाकर, राहुल सुरी जस्ता कलाकार रहेका थिए । यो फिल्म जुलाई २२ मा रिलिज भएको थियो ।

 

६. बलिउड एक्टर हर्मन बबेजाका कजिन भाइ जोनी बाबेजाको फिल्म ‘अ स्क्याण्डल’ एउटा एडल्ट फिल्म रहेको थियो । फिल्ममा अभिनेत्री रीत मजुमदार, मावन कौल जस्ता कलाकार रहेका थिए । यो एउटा मर्डर मिस्ट्री फिल्म रहेको थियो । यो फिल्म जुन २४ मा रिलिज भएको थियो ।

७. एडल्ट कमेडी फिल्म ‘क्या कुल हे हम ३’ अश्लिलताको सबै सिमा नाग्यो ।

८. फिल्म ‘सासे’ होरर र एक रोमान्टिक फिल्म हो । यस फिल्मको निर्देशन राजीज एस रुइयाले गरेका थिए । यस फिल्ममा रजनीश दुग्गलले काम गरेका थिए । फिल्मको रोमान्टिक सिनमा धेरै बोल्ड सिन देखाइएको थियो ।

९. फिल्म ‘मस्ती’ को सिरिज ‘ग्रेट ग्राण्ड मस्ती’ डबल मिनिङका कारण धेरै चर्चामा रह्यो । फिल्म पहिला नै लिक भएका कारण ठुलो घाटा सहनु परयो ।

१० बिक्रम भाटको फिल्म ‘लब गेम्स’ मा अभिनेत्री पत्रलेखाले धेरै हट सिन दिइन् । फिल्ममा किसिङ सिन पनि उस्तै रहेका थिए । सेन्सर बोर्डले यस फिल्मका १८ वटा दृश्य काट्न लगाएको थियो । यो फिल्म अप्रिलमा रिलिज भएको थियो ।

 

११. हेट स्टोरी २ र हेट स्टोरी ३ का निर्देशक विशाल पाण्डको फिल्म वजह तुम हो पनि यसै साल रिलिज भयो । फिल्म बोल्ड सिनका कारण पहिला नै चर्चामा रहेको थियो । फिल्ममा सना खान, शर्लीन चोपडाले बोल्ड सिन दिएका थिए । फिल्म डिसेम्बर १६ मा रिलिज भएको थियो ।

नेपालीपत्रडटकबाट साभार