भारतीय विदेशमन्त्री स्वराज काठमाण्डौ आउदै

भारतीय विदेशमन्त्री स्वराज काठमाण्डौ आउदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ – भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउने भएकी छन् । भारतिय संचारमाध्यमले जनाएअनुसार स्वराजकोे मृगौला ट्रान्सप्लान्टपछिको यो पहिलो विदेश भ्रमण हो । नेपालमा हुन गइरहेको बिमस्टेक राष्ट्रका विदेशमन्त्रीहरुको वैठकका भाग लिनको लागी स्वराज साउन २६ मा काठमाण्डौ आउन लागेकी हुन ।

विदेशमन्त्री स्तरीय बैठक २ दिनसम्म चल्ने कार्यक्रम छ । विमस्टेक सम्मेलनको तयारीको लागी विदेशमन्त्री स्तरीय बैठक काठमाण्डौ वस्न लागेको हो । उक्त सम्मेलनमा भाग लिन भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसहित धेरै देशका सरकार प्रमुख काठमाण्डौ आउने कार्यक्रम छ ।  

पछिल्लो समय भारत र पाकिस्तानको लडाइका कारण सार्कको  भुमिका कम भएपछि भारतले विमस्टेकलाई बढी प्राथमिकता दिइरहेको छ । विमस्टेकमा नेपालसहित बंगलादेश, भूटान, भारत,म्यानमार,श्रीलङ्का र थाइल्याण्ड सदस्य छन् ।