भारत-चीनको लडाइमा अमेरीकाले देखायो गम्भिर चासो

भारत-चीनको लडाइमा अमेरीकाले देखायो गम्भिर चासो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ– भारत र चीनवीच सिमा नाकामा तनाव वढ्दै गएपछि त्यसले अन्र्तराष्ट्रिय चासो प्रकट हुदै गएको छ । अमेरिकाले भारत र चीनवीच बढ्दै गएको तनावलाई वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ । पेन्टागनका प्रवक्ता गेरी रोसले दुवै मुलुकलाई वार्ताबाट समाधान खोज्न आग्रह गरेका छन् ।

अमेरीकाले चीन भारतविच देखिएको सैन्य तनावलाई वार्ताको माध्यमबाट समस्याको समाधान गर्न दुवै मुलुकलाई आग्रह गर्दैै आएको छ । चीन र भारतका संचारमाध्यमले आ–आफ्नो मुलुकको समर्थनमा समाचारहरु प्रकाशित गर्दै आएका छन् । भारतले वानवेल्ट वान रोडमा समर्थन नजनाएको, साउन चाइना सी मा अनावश्यक चासो राखेको र छिमेकीहरुमाथी अनावश्यक हस्तक्षेप बढाएको भन्दै चीन भारतसंग रुष्ट छ ।

सिमा क्षेत्रबाट भारतले सेना नहटाएसम्म वार्ता नगर्ने अडानमा चीन छ । चीनसंग वार्ताको लागी प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल अर्को साता वेइजिङ जादैछन् ।