मेगा बैंक आठौ वर्षमा प्रवेश,शेयरधीलाई ६५ प्रतिशत हकप्रद शेयर दिने तयारी

मेगा बैंक आठौ वर्षमा प्रवेश,शेयरधीलाई ६५ प्रतिशत हकप्रद शेयर दिने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेड आठौ वर्षमा प्रवेश गरेको छ  । वैंकले सातौ बर्ष पुरा गरी आठौ बर्षमा प्रवेश गरेको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संचरना अनुसार सातवटै प्रदेशमा प्रदेश हेडक्वार्टर स्थापना गर्ने घोषणा गरेका छन् । मेगा बैंकले प्रदेश नम्बर नम्वर ५ को बुटवलमा प्रदेश हेडक्वार्टर खोलेर सुरुवात गरीसकेको छ ।

मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले कार्यक्रममा आगामी आर्थिक बर्षमा २० वटा नया शाखा खोल्ने जानकारी दिए । उनकाअनुसार बैंकिङ क्षेत्र तरलताको अभावले गुज्रिदा पनि मुनाफा आर्जनका हिसावले बैंकले राम्रो प्रगती गरेको दावी गरे ।

मेगा बैंकको देशभर ४७ वटा शाखा र एउटा एक्सटेन्शन काउन्टर छ । यसैगरी, ५० वटा एटीएम सञ्जाल रहेको वैंकले जनाएको छ ।