मतगणना स्थलमा कांग्रेस नेताको हृदयघातका कारण निधन

मतगणना स्थलमा कांग्रेस नेताको हृदयघातका कारण निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतमा मतगणना स्थलमा एक कांग्रेस नेताको हृदयघातका कारण निधन भएको छ । मृत्यु हुनेमा सिहोर जिल्ला कांग्रेस कमिटीका अध्यक्ष रतनसिंह ठाकुर भएको बताइएको छ ।

मध्यप्रदेशका सिहोरस्थित मतगणना केन्द्रमा रहेका नेता ठाकुरलाई हृदयघात भएको थियो । उनलाई तत्कालै जिल्ला अस्पताल लगिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको डाक्टरले बताएका थिए ।

सिहोर भोपाल लोकसभा सीट अन्तर्गत पर्छ । यस क्षेत्रमा भारतीय जनता पार्टीकी प्रज्ञासिंह ठाकुर र कांग्रेसका वरिष्ठ नेता दिग्विजय सिंहबीच प्रतिस्पर्धामा रहेको छ ।

जारी मतगणनमा कांग्रेस नेता सिंह ठाकुरभन्दा पछि रहेका छन् ।