मलेसियाविरुद्ध नेपालको सानदार जित, लामिछाने एक्लैले लिए ७ विकेट

मलेसियाविरुद्ध नेपालको सानदार जित, लामिछाने एक्लैले लिए ७ विकेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ – आइसीसी यू–१९ विश्वकपको एसियाली छनौट क्रिकेट प्रतियोगितमा नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ । सिंगापुरमा सम्पन्न खेलमा मलेसियाले दिएको २० रनको लक्ष्य नेपालले सजिलै भेटेको छ । नेपालको तर्फबाट राहित कुमार पौडेलले सवैभन्दा बढी ३४ रन जोडे । नेपाली टोलीका ओपनर सन्दिप सुनार १५ र अनिल शाह १२ रनमा आउट भए भने तेस्रो नम्बरमा आएका प्रनित थापा मगरले ८ रन बनाएर आउट भए ।

नेपालले १० ओभरमा ३६ रन बनाउदा महत्वपूर्ण तीन विकेट गुमाएपनि पौडेलले नेपाली टोलीलाई जिताउन सफल भएका थिए । उनि अन्तिम समयसम्म क्रिजमा टिकिरहे । नेपाली टोलीका दुई खेलाडी अदिल शान र प्रकाश केसी खाता नखोली आउट भएका थिए ।

टस हारेर पहिले ब्याटिङ रोजेको मलेसियाले ३५.१ ओभरमा सबै विकेट गुमाउदै ८९ रनको योगफल बनाएको थियो । मलेसियालाई सस्तैमा समेट्ने क्रममा खेलका म्यान अफ द म्याचसमेत बनेका नेपाली कप्तान सन्दीप लामिछाने एक्लैले ७ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १३ रन खर्चिए । नेपाली टोलीले पाच विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

न्युजिल्याण्डमा हुने आइसीसी यू–१९ विश्वकपका लागि एसियाली छनौटमा नेपालसहित मलेसिया,अफगानिस्तान र सिंगापुरलगायतले एक अर्काविरुद्ध  खेल खेल्नेछन् । प्रतियोगितामा नेपाल ८ अंकसहित दोस्रो स्थानमा छ । उता अफगानिस्तान प्रतियोगतामा १० अंकसहित शिर्ष स्थानमा रहेको छ ।