यी हुन बाणिज्य बैंकहरु जस्ले यो वर्ष अर्वौ खुद नाफा कमाए (विश्तृत विवरणसहित)

यी हुन बाणिज्य बैंकहरु जस्ले यो वर्ष अर्वौ खुद नाफा कमाए (विश्तृत विवरणसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तिलक कोइराला
सेयर बजारमा सुचिकृत कम्पनीहरुले गत आर्थिक बर्ष २०७३\०७४ मा गरेको नाफा कमाईको बिवरण धमाधम पस्कने क्रम सुरु भएको छ । उनीहरुले अपरिस्कृत बित्तीय बिवरणहरु सार्वजनिक गर्दै गर्दा देशका मूख्य बाणिज्य बैंकहरुले कति खुद नाफा कमाए भन्ने चासो लगानीकर्तामा सर्बाधिक छ । उनीहरुको यही चासोलाई सम्बोधन गर्दै मेरो लगानी प्रस्तुत गर्दछ( २८ बाणिज्य बैंकहरुले गरेको खुद नाफा कमाईको आँकलन)

पाँच वटा बाणिज्य बैंकको खुद नाफा तीन अर्ब माथि

पाँच बाणिज्य बैंकले तीन अर्ब भन्दा बढी खुद नाफा कमाएको बित्तीय बिबरण प्रकाशनको तयारी गरिरहेका छन् । तीन वटा सरकारी र दुईवटा निजी क्षेत्रको बढी लगानी रहेको बाणिज्य बैंक नाफा कमाईमा सबैभन्दा अगाडि देखिने भएका छन् । नबिल, नेपाल ईन्भेष्टमेन्ट, कृषि बिकास बैंक, नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकको खुद नाफा कमाई सर्बाधिक हुने प्रष्ट चित्र देखिएको छ ।

त्यसपछिका छ बाणिज्य बैंकहरुले आफुलाई आकर्षक कमाई गर्ने सूचीमा उभ्याउने संभावना देखिएको छ । यसमा हिमालयन, ग्लोबल आईएमई र एभरेष्ट बैंकले धेरै प्रगति गरेका छन् भने प्रभु, एनएमबी र प्राईमको कमाईलाई पनि कम आँक्न मिल्ने अबस्था नहुनसक्छ ।

केही बैंकहरुलाई गत बर्ष भएको लगानी योग्य रकमको अभाव र ब्याजदर बृद्धिले केही हदसम्म प्रभाव पारेको देखिन्छ । समग्रमा बैंकहरुको कमाई राम्रो छ ।

 

जस्तो मर्ज तथा एक्विजिशन, उस्तै परिणाम

कतिपय कम्पनीहरुको अबस्थामा मर्ज तथा एक्विजिशनले धेरै प्रभाव पारेको आभाष भएको छ । अघिल्लो आर्थिक बर्षमा सुस्त प्रगति गरेका बैंकहरु यस बर्ष राम्रो मर्ज तथा एक्विशिजन र संस्थागत सुशासनमा आएको सुधारले अगाडि बढेका देखिएको छ तर खराब मर्ज तथा एक्विशिजन र संस्थागत कुशासनले संस्थाहरु झनै रोगी भएर सबैभन्दा तल परेको पनि देख्न सकिन्छ । उनीहरुलाई चाँही सुधारिनु नै ठूलो कुरा भएको छ ।

 

आंकलन गर्दाका आधारहरु

सम्बन्धित बैंक तथा बित्तीय संस्था सम्बद्ध स्रोतहरुसँगको अनौपचारिक कुराकानी, अघिल्लो बर्ष र तेस्रो त्रैमासको बित्तीय बिबरणसँगको तुलनात्मक अध्ययन र अन्य सूचनाहरुका आधारमा यो आँकलन प्रस्तुत गरिएको छ ।
सूचनाको गोपनियता र त्यसले दोस्रो बजारलाई प्रभावित नपारोस भन्ने कुरालाई बिशेष ध्यानमा राखी साउन ८ गते आईतबार बिहानदेखि सूचना संकलन थाली सोही दिन बेलुका साँझ ७ बजे मेरोलगानीमा समाचार प्रबाह गरिएको छ ।

बैंकहरुले साउन १५ सम्मको हिसाबलाई गत बर्षको चौथो त्रैमासमा समाबेश गर्न पाउने हुनाले अहिले यहाँ प्रस्तुत गरिएको आँकलनमा फरक पर्नसक्ने संभावना छ । बित्तीय बिबरण तयारीको क्रममा खराब कर्जा वापतको रकम ब्यवस्था बढ्न गएमा आँकलन गरिए भन्दा कम खुद नाफा हुनसक्छ ।

लगानीकर्ताहरुले यसैलाई आधार मानी सेयर कारोबार नगरी कम्पनीहरुले प्रकाशन गर्ने आधिकारिक बित्तीय बिवरण नै पर्खनु उचित हुनेछ । यसलाई अध्ययन बिश्लेषणको सामान्य आधार मात्र बनाउन सकिन्छ ।

मेरोलगानी डट कमवाट साभार