काठमाडौं – मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने घोषणा गरेका छन् ।
मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउँदै सात वटा मेडिकल सञ्चालकहरुले अतिरिक्त शुल्क फिर्ता नलिने अडान राखेका हुन् ।
सरकारले बढी लिएको शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकलाई मंगलबारसम्मको अल्टिमेटम दिएको थियो । मंगलबारसम्ममा बढी लिएको शुल्क फिर्ता नभए ठगी मुद्दामा पक्राउ गरी कारबाही गर्ने चेतावनी दिएको थियो ।
यो अल्टिमेटमपछि मंगलबार काठमाण्डौ मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस चितवन, लुम्बिनी मेडिकल कलेज पाल्पा, नेपाल मेडिकल कलेज जोरपाटी, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, विराट मेडिकल कलेज विराटनगर र देवदह मेडिकल कलेजका सञ्चालकहरु शिक्षा मन्त्रालयमा ज्ञापन पत्र बुझाउन पुगेका हुन् ।
प्रतिक्रिया