सेनामा जागिरको अवसर, सेनाले १५० जनालाई अधिकृतमा भर्ना लिंदै

सेनामा जागिरको अवसर, सेनाले १५० जनालाई अधिकृतमा भर्ना लिंदै


काठमाडौ– नेपाली सेनाले अधिकृत क्याडेटका लागी आवेदन माग गरेको छ । सेनाले विभिन्न पद गरि १ सय ५० जनाको आवेदन माग गरेको हो ।

 

 

 

सेनाको भर्ना छनौट विभागले जारी गरेको सुचनाअनुसार महिलामा १३,आदिवासी २२,मधेशी १९,दलित १०,पिछडिएको क्षेत्र ३,खुल्ला तर्फ ८३ पद गरी १ सय ५० जनाको आवेदन माग गरेको छ ।
अधिकृत क्याडेट पदमा आवेदन दिन न्युनतम शैक्षिक योग्यता प्लस २ पास भएको हुनुपर्नेछ भने उमेर सिमा प्लस २ पास गर्नेलाई २१ र स्नातक गर्नेलाई २४ तोकिएको छ ।

 

सेनाले जारी गरेको सुचनाअनुसार उक्त पदमा सैनिक मुख्यालय भद्रकालीमा र सेनाका ५ वटा पृतनाबाट आवेदन दिन सकिनेछ ।