सुर्केथली खै लार्इ पछ्याउँदैं यो अर्को गीत

सुर्केथली खै लार्इ पछ्याउँदैं यो अर्को गीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली फिल्म वडा नम्बर ६ को ‘सुर्केथली खै’ गीत नेपाली संगीत बजारमा जति लोकप्रिय छ, त्योभन्दा बढी यो गीत युट्युबमा हिट भइरहेको छ। लामो समयदेखि युट्युबमा हिट १० गीतको एक नम्बरमा ‘सुर्केथैली खै’ रहिरहेको छ। यो गीतको हिटिङ रेट अझै बढ्दो क्रममा छ। बिहीबार युट्युबमा यो गीत हेर्नेको संख्या एक करोड ७४ लाख ५ हजार २ सय ५८ रेकर्ड भएको छ।

‘सुर्केथैली’ पछ्याउँदै छक्कापन्जा फिल्मको गीत ‘पूर्वपश्चिम रेल’ उत्कृष्ट १० को दोस्रो स्थानमा छ। हालै ठूलो पर्दाको हलमा सयौं दिनको प्रदर्शनको खुसी छक्कापन्जाले मनाइसकेको छ। वडानम्बर ६ को गीतभन्दा धेरैपछि युट्युबमा पसेको यो गीत हेर्नेको संख्या एक करोड निकट पुग्दै छ। बिहीबारसम्म यो गीत हेर्नेको संख्या ८५ लाख ६४ हजार ३ सय ९ पुगेको छ।

लोकलयमा गाईएका यी दुवै गीत अचेल हरेक पार्टी, बिहेभोज, पिकनिक वा रमाइला कार्यक्रमका प्रमुख आकर्षण बनिरहेका छन्। यी दुवै गीतका गायक राजनराज शिवाकोटी हुन्। दुवै गीतमा उनलाई अञ्जु पन्तले साथ दिएकी छिन्।

युट्युबमा हिट नेपाली फिल्मको तेस्रो स्थानमा ‘हाउफन्नी’ को ‘शिरैमा शिरबन्दी’ रहेको छ। यो गीत अहिलेसम्म ६० लाख १ हजार २ सय ४१ जनाले हेरेका छन्। चौथो नम्बर फिल्म ‘पुरानो डुंगा’को ‘निर जहिले रिसाउने’ले ओगटेको छ। कालीप्रसाद बास्कोटाले गाएको यो गीत हेर्नेको संख्या बिहीबारसम्म ५८ लाख ९८ हजार १० पुगेको छ।

नागरिकबाट साभारमा