काठमाडौं- सरकार र राष्ट्रिय जनता पार्टी नेपालबीच वार्ता भइरहेको छ ।
विहिबार सर्वाेच्च अदालतले तराईमा स्थानीय तहको संख्या बढाउने बाटो खोलिदिएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले राजपाका नेतालाई बालुवाटार बोलाएका हुन् ।
कांग्रेस, माओवादी र राजपाका नेता सहभागी बैठकमा प्रदेश नम्बर दुईको चुनाव र संविधान संशोधनको विषयमा पनि छलफल भइरहेको छ ।
स्रोतका अनुसार चुनावअगाडि संविधान संशोधन हुने नदेखिएपछि स्थानीय तहको संख्या बढाएरै भएपनि राजपाले तेस्रो चरणको चुनावमा भाग लिने र चुनावपछि संशोधन मुद्दा अगाडि बढाउने समझदारी आजको बैठकमा हुनसक्ने बताइएको छ ।
प्रतिक्रिया