सेलेना र प्रियंका सँगसँगै

सेलेना र प्रियंका सँगसँगै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नायिका प्रियंका चोपडाले बलिउड चलचित्र साइन गरिन् भने, त्यो अनौठो कुरा हुने भएको छ । हलिउड प्रोजेक्टमा व्यस्त भएपछि नायिका चोपडाले बलिउड चलचित्रमा काम गर्न छाडेकी थिइन् ।

उनै, चोपडा लामो समयपछि भारत फर्किएकी छिन् । उनले मिडियासँग बताएअनुसार, उनी २ वटा बलिउड चलचित्रमा काम गर्ने तयारीमा छिन् । उनले मिडियासँग भनिन्-‘म २ वटा बलिउड चलचित्रमा काम गर्ने बिषयमा सोचरिहेको छु । संभवत, जनवरीसम्म यो निर्णय गरिसक्छु ।’

यस्तै, नायिका चोपडाले हलिउडकी नायिका तथा गायिका सेलेना गोमेजसँग पर्दा शेयर गर्ने भएकी छिन् । चोपडाका मेनेजरले भारतीय मिडियालाई बताएअनुसार, एक साबुनको विज्ञापनमा सेलेना र प्रियंका देखिनेछन् ।

अनलाइनखबरबाट