सल्यान महोत्सवस्थलमा आगलागी

सल्यान महोत्सवस्थलमा आगलागी


काठमाण्डु- सल्यानको श्रीनगरमा जारी महोत्सवस्थलमा आगलागी भएको छ ।

शनिबार मध्य राति महोत्सवस्थलमा आगलागी भएको हो । आगलागीबाट महोत्सव स्थलमा राखिएका १३८ स्टलमध्ये ८० स्टल जलेर ध्वस्त बनेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सल्यानको आयोजनामा माघ १८ गते श्रीनगरमा महोत्सव भइरहेको थियो ।

आगोलाई स्थानीय र प्रहरीले राति नै नियन्त्रणमा लिएको महोत्सव आयोजक समितिले जनाएको छ । आगलागीका कारण महोत्सवमा झण्डै १० करोडको क्षति भएको अनुमान गरिएको छ । आगलागीका क्रममा विद्युत् बलिरहेको र विद्युत् सर्ट नभएर अपरिचित व्यक्तिले स्टल बाहिरबाटै आगो लगाएको हुन सक्ने अनुमान प्रहरीको छ ।