संविधान संशोधनको कुनै औचित्य छैन ः खनाल

संविधान संशोधनको कुनै औचित्य छैन ः खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

 

लहान, ८ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन प्रस्तावको कुनै औचित्य नभएको बताउनुभएको छ ।

सिरहाको लहानमा आज आयोजित नेकपा (एमाले)को २ नं प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता खनालले साझा सहमतिका आधारमा बनेको संविधानलाई कार्यान्वयन गरेर देश अगाडि बढाउनुपर्ने बेलामा सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गराउनु गलत भएको टिप्पणी गर्नुभयो । “अहिलेको संविधानले मधेसी, पहाडी, हिमाली सबै जनतालाई बराबरी अधिकार दिएकाले संशोधनको आवश्यकता छैन” उहाँले भन्नुभयो ।

सो प्रशिक्षण कार्यक्रममा अर्का नेता माधवकुमार नेपालले सरकार आवश्यक नभएको संविधान संशोधन प्रस्ताव दर्ता गराएर निर्वाचन नगराउने खेलमा लागेको आरोप लगाउँदै तत्काल संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।

दलका महासचिव ईश्वर पोखरेलले अङ्गीकृत नागरिकलाई राज्य र सरकार प्रमुख बनाएर नेपालका वास्तविक नागरिकको अधिकारलाई कुण्ठित गर्न नहुने बताउँदै संसारमा हुँदै नभएको अभ्यास नेपालमा लागु गर्ने प्रयास गरिए एमालेले कडा प्रतिवाद गर्ने बताउनुभयो । रासस