स्वास्थ्य चौकीलाई निःशुल्क जग्गादान

स्वास्थ्य चौकीलाई निःशुल्क जग्गादान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बैतडी, ९ पुस । पुर्चौडीका स्थानीय बासिन्दाले हाट स्वास्थ्य चौकीलाई निःशुल्क पाँच रोपनी जग्गादान गरेका छन् ।

डिलाशैनी–७ का गङ्गादत्त जोशी (तीन रोपनी) र हाट–३ का गगन सिंह बोहरा, दलबहादुर बोहरा, कलावती बोहरा, पार्वतीदेवी बोहराले सगोल रुपमा (दुई रोपनी) निःशुल्क जग्गादान गरेको हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोद कुँवरले बताउनुभयो ।

यसअघि स्वास्थ्य चौकीका लागि सुविधा सम्पन्न भवन बनाउन जग्गा अभाव रहेको थियो । निःशुल्क जग्गा पाएसँगै अब सुविधा सम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण गरिने उहाँले बताउनुभयो । रासस