सिद्धार्थ बैंकको गत अार्थिक वर्षमा २ अर्ब नाफा कमायाे

सिद्धार्थ बैंकको गत अार्थिक वर्षमा २ अर्ब नाफा कमायाे


काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षमा आफ्नो मुनाफा करिब २ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकले अघिल्लो आवको तुलनामा करिब ३४ प्रतिशतले नाफा बढाएको हो ।

बैंकका अनुसार गत आवमा बैंकको नाफा १ अर्ब ८५ करोड रुपैयाँ थियो । गत आवमा यस्तो नाफा १ अर्ब ३८ करोड रुपैयाँ थियो । बैंकले हालसम्म १ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २४ अर्ब रुपैयाँ बढी हो ।

बैंकले आव २०७३/७४ मा ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस्तै, बैंकले ३ अर्ब ५४ करोड खुद ब्याज आम्दानी गरी खुद नाफा २ अर्ब ४५ करोड रुपैयाँ कमाएको छ ।

बैंकको वितरण योग्य नाफा भने १ अर्ब ८५ करोड मात्रै हुनेछ । बैंकको खराब कर्जा १.०५ प्रतिशत छ । सिद्धार्थको प्रतिसेयर आम्दानी ३४.१६ रुपैंयाँ छ ।