सेञ्चुरी बैंकको अध्यक्षमा पुनः श्रेष्ठ

सेञ्चुरी बैंकको अध्यक्षमा पुनः श्रेष्ठ


काठमाडौँ— सेञ्चुरी कमर्सियल बैंक लिमिटेड सञ्चालक समितिको अध्यक्षमा राजेशकुमार श्रेष्ठ फेरि चयन भएका छन् ।

सञ्चालक समितिको बैठकले सञ्चालक श्रेष्ठलाई पुनः बैंकको अध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो । श्रेष्ठ ३ वर्षदेखि सेञ्चुरी बैंकको अध्यक्ष पदमा रहेका छन् ।

बैंकको साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूँजीको २५ बराबरको बोनस शेयर र ४।५०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको बैंकले जनाएको छ ।