स्वास्नीको हत्या अभियोगमा लोग्ने प्रकाउ

स्वास्नीको हत्या अभियोगमा लोग्ने प्रकाउ


इलाम –  श्रीमतीको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय, इलामले एक जनालार्इ पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–२ बौद्दधामका ४८ वर्षीय केशरबहादुर मोक्तान छन् ।

प्रहरीका अनुसार मोक्तानले बाँसको लाठीले कुटपिट गर्दा उनकी श्रीमति मनमायाको मृत्यु भएको हो ।मोक्तानले बुधबार राति आफ्नै ५१ वर्षीया श्रीमती मनमायाँ मोक्तानको कालगतिले मृत्यु भएको भनि स्थानीयलाई खबर गरेको भएपनि श्रीमान श्रीमतिको झगडामा केशरबहादुरले बाँसको लाठीले कुटपिट गर्दा मनमायाको मृत्यु भएको भन्ने बिहीबार खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।