हलिउड नायिका जसा गाबोरको निधन

हलिउड नायिका जसा गाबोरको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पचासको दशककी प्रसिद्ध हलिउड नायिका जसा गाबोरको ९९ वर्षको उमेरमा निधन भयो ।उनले ७० बढी चलचित्रमा अभिनय गरेकि छिन् । तर, उनी फिल्म भन्दा पनि विवाहको कारण चर्चामा आइन् । उनले जीबनमा नौ जनासँग बिहे गरिन् ।

उनको जन्म सन १९१७ मा हंगेरीको बुढापेस्टमा भएको थियो । उनी सन १९३६ मा मिस हंगेरी भएकी थिइन् ।

एक सैनिकको दोस्री छोरीको रुपमा जन्मेकि गाबोर डक्टर बन्न चाहन्थिन् । आमाको जिद्दीको कारण फिल्ममा जान वाध्य भइन् ।

पहिलो पटक सन १९३७ मा पहिलो पटक तुर्कीको एक बुद्धिजीबी बुरहान असफसंग उनले विवाह गरेकि थिइन् । चार वर्ष नपुग्दै उनीहरुको सम्बन्ध टुट्यो । त्यहि वेला उनको आमा बुबाको पनि सम्बन्ध बिच्छेद भयो र बहिनी इवासँँगै अमेरिका गईन् । २० वर्षको उमेरमा पहिलो विवाह गरेकि गाबोरले ७० वर्षको उमेरमा नवौं विवाह गरेकि थिइन् ।

दोस्रो विश्वयुद्धको समयमा सन १९५२ मा उनले पहिलो पटक अमेरिकन फिल्ममा काम गरिन् । अमेरिकन फिल्ममा काम गर्दा उनले तीनवटा विवाह गरिसकेकि थिईन् । उनको श्रीमान थिए अभिनेता जर्ज सेण्डर्स ।

अनलाइनखबरबाट