काठमाण्डु– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।
मंगलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
अव कक्षा १२ को परीक्षा आगामी बिहीबार (वैशाख ११ गते) देखिनै हुने भएको छ ।परीक्षा वैशाख २४ गते सकिनेछ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाका लागि तयारी भइसकेकाले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरिएको बताए ।
प्रतिक्रिया