काठमाण्डु– सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्रयाउने लक्ष्य राखेको छ ।
भारत, चीन लगायत विश्वका अन्य मुलुकबाट पयर्टक भित्र्याउनका लागि सरकारले विभिन्न रोड सो गर्ने, सांस्कृतिक कार्यक्रम गर्ने, पर्यटकीय स्थलहरुको प्रचारप्रसारमार्फत् विभिन्न योजनाका साथ पर्यटक भित्त्रयाइने छ ।
बजेटमा नयाँ गन्तव्य पहिचान मौजुदाको विकास र प्रवर्द्धन गर्न गन्तव्य प्रोफाइल बनाइने र पर्यटकको एकद्वार प्रणालीमार्फत सेवा विकास गरिने भएको छ ।
नयाँ गन्तव्यको पहिचान तथा पुराना गन्तव्यको विकास र प्रवद्र्धनका लागि पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गर्ने उनको भनाइ छ ।
पर्यटकलाई एकद्वार प्रणालीमार्फत् सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने जानकारी दिँदै अर्थमन्त्री पुनले पर्यटन प्रणालीलाई स्वचालिन प्रणालीमा आधारित बनाउने जानकारी दिए ।
छिमेकी मुलुकहरु चीन र भारतमा पर्यटक लक्षित रोड सो, मेला, महोत्सव जस्ता कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया