२५ करोड प्रकरण : नारायण पौडेल र ट्रक चालकविरुद्ध मुद्दा दायर

२५ करोड प्रकरण : नारायण पौडेल र ट्रक चालकविरुद्ध मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डुको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा दुई जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ ।

राजस्व अनुसन्धान विभागले मंगलबार जिल्ला अदालत काठमाण्डुमा ट्रक चालक कुसाङ लामा र सिन्धुपाल्चोकको भोटेकोसीका नारायण पौडेलविरुद्ध अभियोग पत्र दर्ता गरेको हो ।

विभागले उनीहरूविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन–२०१९ अन्तर्गत कसुरमा काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध २५ करोड ३४ लाख ७८ हजार बिगो मागदाबी गरिएको छ । बरामद मुद्रा जफत गर्न पनि भनिएको छ ।

कुसाङ लामाले चलाएको ना ७ ख १६५२ नम्बरको कन्टेनरमा उक्त रकम बरामद भएको थियो। चालक बस्ने स्थानदेखि माथिको क्याबिनमा फल्स बटम बनाइ लुकाएको अवस्थामा प्रहरीले विशेष सूचनाको आधारमा उक्त रकम बरामद गरेको थियो।