काठमाडौं– लामो समयदेखी रोकिएको नेपाली सेनाको उपरथी बढुवा अघि बढेको छ । सेनाका पाँच सहायक रथीहरु उपरथी पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
उपरथी पदमा बढुवाका लागि सिफारिसमा पर्ने सहायक रथीहरुमा बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, सिताराम खड्का र ताराध्वज पाण्डे रहेका छन्। सहायकरथी राणा र पाण्डेको नागरीकता र शैक्षिक योग्यताको विवरणमा कैफियत देखिएपछि बढुवा रोकिएको थियो । अनलाइनबाट डिग्री गरेको भन्दै बरियतामा अघि रहेका सहायकरथी संजय भण्डारीको बढुवा भने रोकिएको छ ।
सैनिक नियमावली २०६९ को परिच्छेद ३ सरुवा तथा बढुवा सम्बन्धी व्यवस्था बमोजिम उपरथी पदमा बढुवाको लागि १५ दिने सूचना प्रकाशित गरेको छ। बढुवाका लागि सिफारिस भएकाहरु विरुद्ध उजुरी, दावी विरोध गर्ने व्यवस्था अनुसार, १५ दिने सूचना प्रकाशित गरिएको हो।
प्रतिक्रिया