सोमबार दिनभर बदली, क्षणिक वर्षाको सम्भावना

सोमबार दिनभर बदली, क्षणिक वर्षाको सम्भावना


काठमाडौँ – देशभर सोमबारको मौसममा आंशिक देखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद शान्ति कडेँलले सोमबार दिउँसो पारिलो घाम लाग्ने सम्भावना कमै देखिएकोले चिसो बढी महसुस हुन सक्ने बताइन् ।

उनले देशभर नै बदलीको सम्भावना रहेकोले केही स्थानमा क्षणिक वर्षा हुने सम्भावना रहेको जानकारी दिइन् । मौसमविद कडेँलका अनुसार देशका केही उच्च पहाडी भूभागहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना पनि रहेको छ ।

काठमाडौँ उपत्यकामा सोमबार बिहानको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको छ भने अधिकतम तापक्रम १५ देखि १७ डिग्रीको बीचमा रहने अनुमान गरिएको छ ।