अपूर्व क्षितिजलाई २ लाख ५० हजार धरौटीमा छाड्न अदालतकाे आदेश

अपूर्व क्षितिजलाई २ लाख ५० हजार धरौटीमा छाड्न अदालतकाे आदेश


काठमाण्डु –  काठमाण्डु जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई छाड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले क्षितिजलाई २ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हाे ।

भदौ १२ गते पक्राउ परेर भदौ २३ गते रिहा भएका सिंहलाई सोमबार काठमाण्डुबाटै पक्राउ गरेको थियो । उनीमाथि नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग थियाे ।

उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसूर, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी र सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसूरमा अभियोगपत्र दायर गरेको थियो ।