काठमाडाैं- माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीलाइ प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।
अाइतबार राति पुल्चोकस्थित गृह मन्त्री रामबहादुर थापाको निवासमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित माओवादी केन्द्रका मन्त्रीहरुको बैठकमा अध्यक्ष प्रचण्डले मन्त्रीलाइ प्रभावकारी काम गर्न निर्देशन दिएका हुन् ।
उनले मन्त्रीले राम्राे काम गर्न नसके मार्ग प्रसस्त गर्ने चेतावनी पनि दिएका छन् ।
माअाेवादी केन्द्रकाे काम कारवाही सुस्त भएकाे र अब काम देखाउने बेला भएकाले प्रचण्ले पार्टीलाइ बलियाे बनाउन यस्ताे निर्देशन गरेका हुन् ।
बैठकमा मन्त्रीहरुको कामको १५ /१५ दिनमा समिक्षा गर्दै अगाडि बढ्नुपर्ने, कुनै पनि राजनीतिक नियुक्ति गर्दा संस्थागत तरिकाले गर्नुपर्ने, हरेक मन्त्रीले विज्ञ राखेर उनको रायसल्लाहमा काम अगाडि बढाउनुपर्ने कार्यबिधि पनि तय भएकाे छ ।
अब मन्त्रीहरुले कामको १५ /१५ दिनमा समिक्षा गर्दै अगाडि बढ्नुपर्नेछ ।
बैठकमा अध्यक्ष प्रचण्डले मन्त्रीहरुको कामलाई विधिमा ढाल्न खोजेको बताउँदै यसले पार्टीलाइ थप मजवुत बनाउन सहयोग पुग्ने बताएका छन् ।
३ हप्ता अागडि भएकाे सरकार गठनमा एमाले र माअाेवादी सहित २२ मन्त्री छन् ।
प्रतिक्रिया