एएफसी यू-२३ च्याम्पियनसिप छनोटमा नेपाल कठिन समूहमा

एएफसी यू-२३ च्याम्पियनसिप छनोटमा नेपाल कठिन समूहमा


काठमाडौं – थाइल्याण्डमा आयोजना हुने एएफसी यु–२३ वर्षमुनिको च्याम्पियनमा नेपाल कठिन समूहमा परेको छ। एसियाली फुटबल महासंघ (एएफसी)ले जारी गरेको खेल तालिकामा नेपाल समूह ‘ए’ मा परेको हो।

नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान छन्। उक्त छनोट चरण आगामी मार्च २२ देखि २६ तारिखसम्म कतारमा हुनेछ। अघिल्लो संस्करणको छनोट चरणको खेलमा नेपाली यू–२३ टोली छनौट चरणबाटै बाहिरिएको थियो।

छनोट चरणको खेलमा ४४ राष्ट्रले सहभागिता जनाउँदैछन्। सहभागी टोलीलाई ११ समूहमा विभाजन गरिएको छ। सो प्रतियोगिताबाट आयोजक थाइल्याण्डसहित १६ टोली अन्तिम चरणका लागि छनोट हुनेछन्। च्याम्पियनसिप आगामी सन् २०२० जनवरी ८ देखि २६ तारिखसम्म थाइल्याण्डमा हुनेछ।