बेवारिसे रहँदै आएका नवराजकाे आगलागीमा परी मृत्यु

बेवारिसे रहँदै आएका नवराजकाे आगलागीमा परी मृत्यु

प्रतिकात्मक तस्वीर

काठमाण्डु–सोलुखुम्बुमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङका अन्दाजी ४० वर्षीय नवराज खालिङ राई रहेका छन् ।

बलबहादुर नेवारको घाँस राख्ने गोठमा आगलागी हुँदा खालिङको ज्यान गएको हो ।

खालिङ विगत १५ वर्षदेखि बेवारिसे अवस्थामा बस्दै आएका थिए । बिहीबार राति सोही गोठमा बसेका खालिङले चुरोट खाने क्रममा आगलागी भएको अनुमान गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धानका लागि बिहान प्रमुख जिल्ला अधिकारी घिमिरे, प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरे र चिकित्सकसहितको टोली घटनास्थल पुगेको छ ।

आगलागीबाट जलेर चिन्न नसक्ने अवस्थामा रहेका खालिङको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रजिअ घिमिरेले बताए ।