काठमाण्डु– इटहरीको सेन्ट्रल प्लाजामा लागेको आगो नियन्त्रणमा आएको छ।
बुधबार बिहान साढे ९ बजेदेखि सुरू भएको आगो साढे ६ घन्टापछि नियन्त्रणमा आएको हो ।
आगलागीबाट नौ तले भवनमा सबैभन्दा माथिल्लो ३ वटा फ्ल्याटमा रहेको होटल बरण्डामा बढी क्षति भएको छ।
होटल सञ्चालक राजेश श्रेष्ठका अनुसार किचन, रेष्टुराँमा बढी क्षति भएको छ।
आगो निभाउनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झण्डै तीन सय सुरक्षाकर्मी परिचालन गरिएको थियो भने १२ दमकल प्रयोग गरिएको थियो ।
भवनको विभन्न तलामा सर्वसाधारण फसेको जानकारी लगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । हेलिकोप्टरद्वारा भवनमा फसेकाहरुको उद्धार गरेको थियो ।
आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया