काठमाण्डु- राजावादीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा लगाएको आगो निभाइएको छ ।
राजावादी प्रदर्शनकारीहरूले शुक्रबार एक्कासी प्रशोधन कम्पनीमा प्रवेश गरी आगजनी गरेका थिए । त्यस क्रममा कार्यालयको पार्किङमा राखिएको गाडीमा आगजनीसमेत गरिएको थियो । आगजनी र तोडफोड हुन थालेपछि कार्यालयका कर्मचारीले भागेर ज्यान जोगाएका थिए ।
आगो निभाउन परिचालित जुद्ध वारुण यन्त्र भक्तपुरका तीन वटा, काठमाडौँ महानगरपालिकाका दुई र ललितपुर महानगरपालिकाको एक दमकलले चार घण्टामा आगो निभाएको जुद्ध बरुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिए।
उनले सन्चोलगायत जडिबुटीका औषधि बनाउदा प्रयोग हुने रसायन बलेपछि आगो थप बढेकाले निभाउन समय लागेको बताए।
आगो निभाउन गएको जद्ध बारुण यन्त्रको एक दमकलसमेत ओन्दालनकारीले तोडफोड गरेको कार्यालय प्रमख धौभडेलले जानकारी दिए।

प्रतिक्रिया