अछाममा आगलागीबाट २७ घर जलेर नष्ट

अछाममा आगलागीबाट २७ घर जलेर नष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार राति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट सात करोड रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको छ ।

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।

अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट सात करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरूबाट क्षतिको विवरण यथाशीघ्र सङ्कलन गरिने बताए ।

मङ्गलसेन नगरपालिकाको दमकल, नेपाली सेना, प्रहरी र अन्य सुरक्षाकर्मीहरूको टोलीले आगोलाई नियन्त्रण गरेका थिए ।