थ्रीस्टारलाई पाखा लगाउँदै पुलिसले उचाल्यो आहारारा गोल्डकपको उपाधि

थ्रीस्टारलाई पाखा लगाउँदै पुलिसले उचाल्यो आहारारा गोल्डकपको उपाधि


पोखरा– १६औं आहारारा गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ।

 

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै पुलिसले ८ वर्षपछि आहारारा गोल्डकपको उपाधि जितेको हो।

 

उपाधिसँगै पुलिसले जितसँगै पुलिसले ७ लाख रुपैयाँ पुरस्कार पाउँदा  उपविजेता थ्रीस्टारले ४ लाख रुपैयाँमा चित्त बुझाएको छ।

 

 

निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि अतिरिक्त समयको १० औँ मिनेटमा पुलिसलाई जिताउन राम बाजीले गोल गरे।

 

यो सिजनमा दाङमा भएको राखेप च्याम्पियनसिपको उपाधि जितेको पुुलिसलाई यो दोस्रो उपाधि हो।