आहूतिले परित्याग गरे माओवादी केन्द्र, अब कता जालान?

आहूतिले परित्याग गरे माओवादी केन्द्र, अब कता जालान?


काठमाडौं– नेकपा (माओवादी) केन्द्रका नेता विश्वभक्त दुलाल ‘आहूति’ पार्टी परित्यागको घोषणा गरेका छन्।

 

 

एमालेसँग पार्टीे एकता गर्ने निर्णयप्रति असहमति जनाउँदै आएका आहूतिले अन्ततः पार्टी छोडेका हुन्।

 

 

आहूतिले आफू पार्टीमा नरहेको र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो नेता नभएको समेत बताए । उनले एकताबारे पार्टीमा कुनै छलफल नभएको भन्दै केही नेताले निर्णय गर्दैमा एकता हुन नसक्ने उल्लेख गरे।

 

 

एकता नभई माओवादी केन्द्र एमालेमा बिलय हुन लागेको उनको भनाइ थियो ।

 

 

विगतमा एमालेले माओवादीमाथि र माओवादीले एमालेमाथि लगाएका आरोप र दस्तावेजमा उल्लेख गरिएका प्रवृत्तिमा कुनै परिवर्तन नगरी हतारमा एकताको निर्णय भएको उनले बताए।

 

 

बिग्रिएको पार्टीलाई सच्याउन पार्टी केन्द्रीय समितिले एकमतले महान बहस गर्ने निर्णय गरिसकेको अवस्थामा नेतृत्वले नेता कार्यकर्तालाई धोका दिएको आरोप उनले लगाए । ‘विश्व कम्युनिष्ट आन्दोलनमा पार्टीका नेता र कार्यकर्ताको यतिधेरै अपमान भएको मलाई थाहा छैन’,  उनले भने ।

 

 

आहूतिले माओवादी केन्द्रका कुनै पनि भेला, सम्मेलन वा महाधिवेशनबाट पारित दस्तावेजमा एमालेलाई कहिल्यै कम्युनिष्ट पार्टीका रुपमा उल्लेख नगरे पनि हाल आएर कम्युनिष्टहरुबीच एकता भन्नु हास्यास्पद भएको टिप्पणी गरे।

 

 

‘कुनै पनि झेला, सम्मेलन वा महाधिवेशनबाट हामीले एमालेलाई कम्युनिष्ट शक्ति मानेका छैनौं’, उनले भने, ‘एमालेलाई कहिले प्रतिक्रियावादी र कहिले ढुलमुले शक्ति भनेका छौं, अनि कसरी कम्युनिष्टसँग एकता गर्न लागेको भन्न मिल्छ रु’ आहूतिले माओवादी केन्द्रका नेताहरु पनि एमाले जस्तै प्रतिक्रियावादी भएको आरोप लगाए ।

 

 

 

‘हामीले हिजो भनेको जस्तै एमाले प्रतिक्रियावादी हो भने माओवादी केन्द्रका नेताहरु पनि त्यही ठाउँँमा पुग्नुभएको छ’, उनले भने, ‘अब यो कम्युनिष्ट पार्टी रहेन ।’ दुई पार्टीको एकतालाई उनले कम्युनिष्ट आन्दोलनको बिसर्जनको संज्ञा दिए। ‘एमालेसँग एकता गर्ने हो भने माओवादी कम्युनिष्ट रहँदैन, यो कम्युनिष्ट आन्दोलनको बिसर्जन हो । पार्टी नेतृत्वले माओवादी केन्द्र छाडेर एमालेमा जाँदैमा आफूहरु सँगै जान नसक्ने उनले प्रष्ट्याए ।

 

 

माओवादी एमालेमा सबलय हुन लागेकाले त्यहाँभित्रका क्रन्तिकारीहरुलाई समेटेर आजको आवश्यकताअनुसारको कम्युनिष्ट पार्टी निर्माणमा जुटेको जनाए ।