आलिताल गाउँपालिकाका अध्यक्षको बदमासी, गाडी खाल्डाेमा खसेपछि नम्बर प्लेट गायब

आलिताल गाउँपालिकाका अध्यक्षको बदमासी, गाडी खाल्डाेमा खसेपछि नम्बर प्लेट गायब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- डडेल्धुराको आलिताल गाउँपालिकाको गाडी दुर्घटनामा परेको छ । मंगलबार परशुराम नगरपालिकास्थित जोगबुढा अस्पताल जाने सडकमा आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीको स्कार्पिओ खाल्डोमा खसेको हो ।

गाडी खाल्डोमा खसेपछि अध्यक्ष पार्कीले अगाडि र पछाडी राखिएको गाडीको नम्बर प्लेट गायब गरेका छन् । निरन्तर वर्षाका कारण त्यो सडकमा खाल्डो परेको थियो । गाडी चालकको लापरबाहीले गाडी खाल्डोमा खसेको देखिने स्थानीय बासिन्दा बताउँछन् ।

सरकारी गाडीलाई लापरबाहीका साथ खाल्डोमा खसालियो भनेर आलोचना हुन्छ भन्ने डरले अध्यक्ष पार्कीले नम्बर प्लेट निकालेर लुकाएका हुन् । नम्बर प्लेट लुकाएपछि सामाजिक संञ्जालमा उनको चर्कोको आलोचना भइरहेको छ ।

सरकारी गाडीको दुरुपयोग गरेर गल्ती डाकछोप गर्न नम्बर प्लेट गायब गरियो भन्दै पार्कीमाथि विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । यसबारेमा अध्यक्ष पार्की सँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।