‘अन्नपूर्ण’को पहिलो व्यावसायिक उडान बुधबारबाट सुरु

‘अन्नपूर्ण’को पहिलो व्यावसायिक उडान बुधबारबाट सुरु


काठमाडौं – नेपाल वायुसेवा निगमले केही समयअगाडि भित्र्याएको वाइडबडी ‘अन्नपूर्ण’ विमानले बुधबार देखि कतारको दोहाबाट व्यावसायिक उडान सुरु गर्दैछ । निगमको पहिलो वाइडबडी विमान ‘९–एन–एएलवाई’ बुधबार राति ९ः२५ बजे कतारको दोहाका लागि प्रस्थान गर्दैछ ।

अन्नपूर्णलाई दोहाका लागि नियमित उडानको तालिकामा राखिएको छ । नियमित उडानको सेड्युलमा राखिए पनि यात्रुको चापका आधारमा उडानको सेड्युलमा राखिएको छ । २७४ सिट रहेको विमानमा १८ बिजनेस क्लास र २५६ इकोनोमी क्लासका सिट छन् । पहिलो उडानामा अप–डाउनमै सबै सिट भरिने निगमको अपेक्षा रहेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले बताए ।

अमेरिकी विमान कम्पनी एएआरसँग निगमले प्रति विमान १० करोड ४८ लाख अमेरिकी डलरमा खरिद गरेको हो । सरकार ग्यारेन्टी बसेपछि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले १२–१२ अर्ब रुपैयाँ लोन लिएर विमान गरिद गरेको हो ।