‘अरविन्द केजरीवाल प्रधानमन्त्रीको उम्मेदवार भएर मैदानमा उत्रिँदा चुनाव जितिनेछ’

‘अरविन्द केजरीवाल प्रधानमन्त्रीको उम्मेदवार भएर मैदानमा उत्रिँदा चुनाव जितिनेछ’


काठमाण्डु – विधासभा चुनाव जितेर आम आदमी पार्टी (आप) दिल्ली र पञ्जाबमा सरकार चलाइरहेको छ । भारतीय राजनीतिमा नयाँ दलको रूपमा उदाएको आपले विधान सभामा दुवै राज्यमा उत्साहजनक नतिजा ल्याएको थियो ।

जनप्रिय काम गरेर चर्चामा समेत आउने गरेको आपले लोकसभा चुनावमा लज्जास्पद हार व्यहोर्‍यो । राजधानी दिल्लीका ७ सिटमा भारतीय कांग्रेससँग गठबन्धन गरेर चुनाव लड्दा पनि आपले सबै सिट हार्‍यो । राज्य सरकारको चुनावमा आप एक्लैले जित्दै आएको थियो ।

पञ्जाबको लोकसभा चुनावमा पनि आपले अपेक्षाकृत नतिजा ल्याउन सकेन । पञ्जाबका २२ लोकसभा क्षेत्रमा चुनाव लडेको आपले ३ सिट मात्रै जित्यो । विधानसभा चुनावको समर्थनलाई कायमै राख्न नसक्दा आपले लोकसभा चुनाव हार्दै आएको छ । यसअघिका लोकसभा चुनावमा पनि आपलाई धक्का लाग्दै आएको छ ।

लोकसभा चुनावपछि समीक्षा गर्दै आपले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल प्रधानमन्त्रीको उम्मेदवार भएर मैदानमा उत्रिँदा जनसमर्थन पाइने विश्वास गरिरहेको छ । केजरीवाल हाल शराब घोटालामा मुछिएर जेलमा रहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार आपका महासचिव सन्दीप पाठकले आगामी चुनावमा ऊर्जाका साथ लड्ने प्रतिक्रिया दिएका छन् ।

आपका दिल्ली इकाई संयोजक गोपाल रायले भने, ‘जुन दिन केजरीवाल प्रधानमन्त्री पदको उम्मेदवारका रूपमा मैदानमा उत्रिनेछन्, दिल्लीका सातै लोकसभा सिटमा आप जित्नेछ ।’