परराष्ट्रमन्त्रीसँग स्वीस् राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग स्वीस् राजदूतको शिष्टाचार भेट


काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. ड्यानियल म्युली मोन्टेलेओनले मंगलबार शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित, सहयोग र समन्वयका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।